वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन ज...
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै - नेपाली क्रिकेट टिमका नवनियुक्त कप्तान ज्ञानेन्द्र मल्ललाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिनु भएकाे छ ।
ओलीले शुक्रबार सामाजिक सञ्जाल ट्विटरमार्फत मल्ललाई बधाई दिनु भएकाे हाे । झण्डै १० वर्ष कप्तानको भूमिकाबाट पारस खड्काले राजीनामा दिएपछि मल्लले कप्तानको जिम्मेवारी पाएका हुन् । मल्ललाई गएकाे बुधबार नेपाल क्रिकेट संघ (क्यान) ले कप्तानकाे जिम्मेवारी दिएकाे हाे ।
— KP Sharma Oli (@PM_Nepal) November 1, 2019
नेपाली क्रिकेट टोलीको कप्तान छानिनुभएकोमा ज्ञानेन्द्र मल्ललाई हार्दिक बधाई दिन चाहन्छु, उहाँको नेतृत्वमा नेपाली क्रिकेटले नयाँ उचाइ प्राप्त गर्ने विश्वाससहित शुभकामना व्यक्त गर्दछु’, प्रधानमन्त्री ओलीले लेख्नु भएकाे छ । स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओली बुधबार ग्राण्डी अस्पताल भर्ना हुनु भएकाे थियाे । उहाँ बिहीबार साँझ मात्रै अस्पतालबाट डिस्चार्ज हुनु भएकाे हाे ।
यसअघि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सहित विभिन्न दलका नेताहरुले कप्तान मल्ललाई बधाई दिएका थिए ।
सम्बन्धित समाचार
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।