एमससी टिम आज नेपाल आउँदै

 कात्तिक १६, २०७६ शनिबार ६:४०:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इंग्ल्याण्डको मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) नेपालविरुद्ध सिरिज खेल्न आज काठमाण्डाै आइपुग्दैछ ।  आज बिहान १०ः१५ बजे एमसीसीको टिम काठमाण्डौ अवतरण गर्नेछ । एमसीसीले काठमाडौ र पोखरामा गरि ६ वटा म्याच खेल्ने छ ।

नेपाली राष्ट्रिय टिम विरुद्ध टी–२०, एकदिवसिय र तीन दिवसिय सिरिजका लागि आउन लागेको एमसीसीमा अधिकांश खेलाडी इंग्ल्याण्डको यू १९ टिमबाट खेलिसकेका छन् । टिमको कप्तानी गर्ने जिम्मी एड्म्स टिमका अनुभवी खेलाडी हुन्

टिममा रहेका विल रोड्सले २०१४ मा इंग्ल्याण्डको यू १९ टिमबाट खेलेका थिए ।  पाकिस्तान टिमबाट टेष्ट खेलिसकेका यासिर अराफात पनि टिममा छन् । उनी सन् २००० देखि २०१२ सम्म पाकिस्तानको टेष्ट टिममा थिए ।

सम्बन्धित समाचार

यस्तै टम वेस्लेले इंग्ल्याण्डका लागि ५ वटा टेष्ट खेलिसकेका छन् । जिम्मी एड्म्स यसअघि पनि नेपाल विरुद्ध खेलिसकेका छन् । नेपालले इंग्ल्याण्डमा अभ्यास खेल खेल्दा उनले ७१ रन बनाएका थिए । त्यस खेलमा नेपाल १९ रनले पराजित भएको थियो ।

एमसीसी टिमले १४ तारिखसम्म नेपालमा मैत्रीपूर्ण खेल खेल्नेछ । यसका साथै एमसीसीले नेपालमा पिच, प्रशिक्षक प्रशिक्षण, किट प्रोभिजनमा सहयोग गर्नेछ । यसका साथै पोखरामा नयाँ स्कुल प्रतियोगिता आयोजना गर्नेछ ।

यो टुरमा एमसीसीले एउटा तीन दिवसिय, दुईवटा ५० ओभरको खेल र तीन टी २० खेल खेल्नेछ । यसका साथै एमसीसी फाउन्डेसनले पाँच वटा सरकारी स्कुलमा क्रिकेटसम्बन्धी सहयोग गर्नेछ ।

एमसीसीको टिम यस प्रकार छ ।

जिम्मी एडम्स (कप्तान), यासिर अराफात, बिली गोड्लीमन, विल रोड्स, क्रिस राइट्, टोम वेस्ट्ले, एलेक्स स्पेन्सेर, एलेक्स थमसन, कालुम ज्याक्सोन, ओलिभर हानोन डाल्बे, इड योङ, मिल्स हामोड, विल भेन्देरस्पेर रहेका छन ।

यस्तै टिममा चार जना अफिसियल रहेका छन । जसमा म्यानेजरमा रिचार्ड ग्रेटोरेक्स, प्रशिक्षकमा ओइन डोकिन्स, अम्पायरमा जेफ इमेन्स, स्कोरर एलान जोन्स छन ।

एमसीसीको नेपालमा तालिका यस्तो रहेको छ ।

३ नोभेम्बर, एमसीसीविरुद्ध नेपाल यू–१९ टिमबीच ५० ओभर
४ नोभेम्बर एमसीसीविरुद्ध नेपाल सिनियर (५० ओभर)
६ देखि ८ नोभेम्बर एमसीसीविरुद्ध नेपाल (तीन दिवसीय)
९ नोभेम्बर पहिलो टी २० एमसीसीविरुद्ध सिनियर र यू-१९ को मिक्स टिम

पोखरामा हुने खेल

११ नोभेम्बर एमसीसीविरुद्ध पोखरा आमन्त्रण ११
१२ नोभेम्बर एमसीसीविरुद्ध मुख्य मन्त्री ११

दुवै खेल २० ओभरको हुनेछ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया