हात्ती धपाउन राखिएको तारमा करेन्ट लागेर झापामा दुई जनाको ज्यान गयो

 कात्तिक १७, २०७६ आइतबार ९:१०:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

मोरङ – झापाको  बुद्ध शान्ति गाउँपालिका–४ मा रहेको नवज्योति सामुदायिक वनभित्र रहेको पानीको खोल्सामा हात्ती धपाउन राखिएको बिजुलीको तारमा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ ।

ज्यान जानेमा  यही ठाउँका १८ वर्षीय अभिनाश राई र भोजपुरको साल्पासिलिछो गाउँपालिका–५ घर भई बुद्ध शान्ति गाउँपालिका–४ मा पेरिस राईको घरमा पाहुना आएका वर्ष ३८ का मणिराम राई रहेका छन् ।

घटनापछि स्थानीयवासीन्दाले इलाका प्रहरी कार्यालय बुधबारेमा जानकारी गराएका थिए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया