इंग्लिस प्रिमियर लिग : चेल्सीलाई पछि पार्दै लेस्टर सिटी तालिकाको तेस्रो स्थानमा

 कात्तिक १८, २०७६ सोमबार ६:२९:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिगमा चेल्सीलाई पछि पार्दै लेस्टर सिटी तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

आइतबार राति भएको खेलमा लेस्टरले क्रिष्टल प्यालेसमाथि २–० को जित निकालेको हो । जितसँगै तालिकामा २३ अंक पुर्‍याएको लेस्टर समान अंक भए पनि चेल्सीभन्दा अगाडी रहेको हो ।

क्रिष्टलविरुद्धको जितमा लेस्टरका कागलर सोयुनकु र जेमी भर्डिले एक एक गोल गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएकोमा ५७ औं मिनेटमा सोयुनकुले गोल गर्दै अग्रता दिलाएका थिए ।  जेमी भर्डिले ८८ औं मिनेटमा गोल थपेपछि लेस्टर २–० ले विजयी भयो ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया