एमसीसीविरुद्धको खेलमा पारस र सन्दीप नखेल्ने

 कात्तिक १८, २०७६ सोमबार १०:१८:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्ध हुन लागेको ५० ओभरको खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोली पूर्व कप्तान पारस खड्का र स्पिनर सन्दीप लामिछाने बिना नै मैदानमा उत्रिएको छ । 

एमसीसीले नेपाली सिनियर टिमसँग साेमबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा खेल्दैछ । एमसीसीले नेपालविरुद्ध टस जितेर पहिला ब्याटिङ रोजेकाे छ ।

पहिलो पटक ज्ञानेन्द्र मल्ल कप्तान भएपछि सुरु हुन लागेको यो सिरिजलाई निकै चासकोसाथ हेरिएको छ । एमसीविरुद्धको आजको प्लेयिङ सेटमा स्पिनरको रुपमा ललितनारायण राजवंशी मात्रै छन् । यसैगरी बसन्त रेग्मी पनि टिममा छैनन् ।

एमसीसीविरुद्ध नेपाली टिम :

ज्ञानेन्द्र मल्ल (कप्तान), इशान पाण्डे, शरद भेषावकर, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, पवन सर्राफ, करण केसी, ललित नारायण राजवंशी, विक्रम सोब, अभिनाश बोहोरा 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया