सन ह्योङ मिनले पाएको रातो कार्डको निर्णय सच्याउन टोटनह्यामको अपिल

 कात्तिक १९, २०७६ मंगलबार ६:३२:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रिमियर लिग अन्तर्गत एभर्टनविरुद्धको खेलमा सन ह्योङ मिनले पाएको रातो कार्डको निर्णय सच्याउन टोटनह्यामले अपिल गरेको छ । सनको ट्याकलपछि एभर्टनका आन्द्रे गोमेजको खुट्टा भाँचिन पुगेको थियो ।

त्यो ट्याकल नियोजित थिएन । इन्ज्युरीको गाम्भीर्यतालाई हेर्दै रेफ्री मार्टिन एट्किन्सनले सुरुमा पहेँलो कार्ड देखाएका सनलाई पछि रातो कार्ड देखाएका थिए ।

टिभी रिप्लेमा सनको ट्याकल पछि डिफेन्डर सर्जि अउरियरसँग ठोक्किएपछि गोमेज घाइते भएको देखिएको छ ।

रेफ्री एट्किन्सनको निर्णयमा समर्थन गर्दै प्रिमियर लिगले भनेको छ, ‘यो रातो कार्ड खेलको अवस्थालाई हेरेर खेलाडीको सुरक्षाका लागि दिइएको हो ।’

ठूलो इन्ज्युरीको अवस्थामा ट्याकल गर्ने खेलाडीमाथि जुनसुकै बेला खतरा आउन सक्छ । त्यसैले सनलाई मैदानबाट निस्किन निर्देशन दिइएको थियो ।

टोटनह्यामका प्रशिक्षक माउरिसियो पोचेटिन्होले गोमेजलाई घाइते बनाउने सनको नियत नभएको दाबी गरे । उनले रातो कार्डको निर्णय उल्टाउन एक पटक भीएआर परिक्षण गर्नु पर्ने बताए ।

‘यो स्पष्ट छ की यो समस्या निम्त्याउन सनको नियत थिएन । रातो कार्ड देखाउँदा अचम्म लाग्यो,’ पोचेटिन्होले भने ।

यदी यो अपिल असफल भएमा सनले प्रिमियर लिगका शेफिल्ड युनाइटेड, वेष्ट ह्याम युनाइटेड र एएफसी बर्नमाउथविरुद्धको खेल गुमाउनेछन् ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया