सुन आयातमा लाग्ने भन्सार दर घटेसँगै बजारमा प्रभाव, मूल्य घट्न ...
मंसिर ११, २०८१ मंगलबार
रौतहट – १२ वर्षअघि इँटाभट्टामा हालेर मारिएको भनिएका ओसी अख्तर ज्युँदै रहेको उनकी श्रीमतीले दाबी गरेकी छिन् ।
बम विस्फोटमा घाइते भएका अख्तरसहितका व्यक्तिलाई आलमकै निर्देशनमा इँटाभट्टामा हालेर ज्युँदै जलाइएको अभियोगमा थुनछेक बहस चल्दै गर्दा उनकी श्रीमतीले श्रीमान वैदेशिक रोजगारीमा गएको र अहिले ज्युँदै रहेको भनेर निवेदन दिएपछि घटनाले नयाँ मोड लिएको हो ।
आलमविरुद्ध थुनछेक बहस चल्दै अख्तरकी श्रीमती आमना खातुनले श्रीमान ज्युँदै रहेको भन्दै निवेदन लिएर आएको जिल्ला अदालत रौतहट स्रोतले जनाएको छ ।
आलमविरुद्ध सरकारी वकिलले बहस गरिरहेका बेला उनकी श्रीमती खातुनले श्रीमान ज्युँदै रहेको भन्दै निवेदन लिएर इजलासमै पुगेकी थिइन् ।
श्रीमान् ज्युँदै रहेको भन्दै श्रीमती निवेदन लिएर पुगेपछि आएको भए पनि अदालतले भने निवेदन दर्ता गरेको छैन । अहिले बहस चलेकाले उनको निवेदन नहेरिएको र त्यसलाई हेर्ने नहेर्ने भन्नेबारे पछि निर्णय हुने अदालतले जनाएको छ ।
रौतहटको राजपुर फरदवामा १२ वर्षअघि भएको बम विस्फोट र त्यसमा घाइते भएकालाई इँटाभट्टामा हालेर ज्युँदै जलाइएको अभियोगमा निलम्बित सांसद मोहम्मद अफताब आलमविरुद्ध जिल्ला अदालत रौतहटमा अहिले थुनछेक बहस चलिरहेको छ ।
आलममाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोट गरी तीन वटा अभियोगमा मुद्दा दायर भएको छ । २०६४ साल चैत्र २७ गते पहिलो संविधानसभा चुनावको अघिल्लो दिन आलमका काका शेष इद्रिसको गोठमा बम विस्फोट हुँदा घाइते तथा मृत्यु भएकालाई इँटाभट्टामा हालेर जलाएको आरोपमा गएको असोज २६ गते नेता आलमलाई प्रहरीले पक्राउ गरेको थियो ।
आलमलाई ३२ वर्ष कैद माग गर्दै जिल्ला सरकारी वकिल कार्यालयले सोमबार जिल्ला अदालतमा मुद्धा दर्ता गरेको थियो ।
आलमको पक्षबाट बहस गर्न २५ जना कानुन व्यवसायीले वकालतनामा भरेका छन् । थुनछेकको बहसपछि मात्रै आलमलाई पुर्पक्षका लागि कारागार पठाएर वा सामान्य तारेखमा रिहा गरेर मुद्दा अगाडि बढाइने भन्ने टुंगो लाग्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
देशभक्त नेपाली
Nov. 10, 2019, 12:34 a.m.यि नेताहरूको मुद्दामा यस्तो किन भएको छ । पहिले बलत्कार गर्यो भनेर प्रहरी र पत्रकार बोलाएर प्रचार गर्ने मुद्दा चलेपछि मलाई केही गरेकै छैन मेरो बाबुले भन्नुमा तथा पहिले जिउँदै मान्छे जलाएर मार्यो भनेर उजुरी गर्ने पछि मेरो पोइ जिउँदै छ भन्नुमा कुनै भिन्नता छैन ।