भिमफेदी कारागारबाट कैदी फरार

 मंसिर १, २०७६ आइतबार ९:३३:१० | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – भिमफेदी कारागारबाट शनिबार राति एक कैदी फरार भएका छन् । कर्तव्य ज्यान मुद्धामा जन्म कैदको सजाय भोगिरहेका ३० वर्षीय कुलदीप राज धामी फरार भएको कारागारका प्रमुख जेलर प्रकाश खनालले जानकारी दिनुभयो ।

कारागार वरीपरी १२ फिटभन्दा अग्लो पर्खाल रहेकाले नाघेर भाग्न एक्लैले सम्भव नरहेको भन्दै प्रमुख खनालले अनुसन्धान भइरहेको जानकारी दिनुभयो । कारागारबाट कैदी फरार भएपछि यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) मुकेशकुमार सिंहले जानकारी दिनुभयो ।

पर्खालको भागमा सानो खाली ठाउँ रहेको र त्यहाँ तारले बेरिएको थियो । त्यहाँको तार तानिएकाले त्यहीँबाट भागेको हुन सक्ने अनुमान गरिएको एसपी सिंहले बताउनुभयो ।

धामीको खोजीका लागि उनको स्थाथी घर चितवन र पुरानो ठेगाना सुनसरीमासमेत अलर्ट गरिएको प्रमुख जेलर खनालले बताउनुभयो । 

कारागारमा रहेका कैदीहरुको आन्तरिक प्रशासनले राति पौने १० बजे कैदी फरार भएको थाहा पाएको थियो । त्यसपछि नै तत्काल खोजी कार्य अघि बढाइएको उहाँले जानकारी दिनुभयो ।

जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्धामा २० वर्ष जेल सजाय तोकिएका धामी पाँच वर्षदेखि सजाय भोगिरहेका थिए ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया