नेपाल भ्रमण वर्षकाे उद्घाटन समाराेहमा ओमानी पर्यटन मन्त्रीलाई निम्ताे

 मंसिर ९, २०७६ सोमबार १७:४५:२४ | उमाकान्त पाण्डे

यूएई – नेपाल भ्रमण वर्षको अवसरमा ओमानी पर्यटन मन्त्रीलाई नेपालले निमन्त्रणा गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले ओमानका पर्यटन मन्त्री अहमद बिन नासेर अल मेहार्जीलाई पठाएको निमन्त्रणा पत्र ओमानका लागि नेपाली राजदूतमार्फत बुझाइएको छ ।

ओमानका लागि नेपाली राजदूत शर्मिला ढकाल पराजुलीले मन्त्री मेहार्जीको कार्यकक्षमा भेटेर नेपाल भ्रमण वर्ष-२०२० को उद्घाटन समाराेहमा अतिथिको रुपमा सहभागी हुन निमन्त्रणा गर्नुभएको हो ।

मेहार्जीले नेपालको निमन्त्रणालाई स्वीकार गर्दै भ्रमण वर्षको उद्घाटनकै दिन जान नभ्याए पनि आफू नेपाल भ्रमणमा जान इच्छुक रहेको बताउनुभयो । नेपालले भ्रमण वर्षकाे उद्घाटन समाराेहमा ४० देशका पर्यटन मन्त्रीलाई निम्ताे पठाएकाे छ ।

मस्कटमा रहेको नेपाली दूतावासका अनुसार राजदूत पराजुलीले ओमानका पर्यटन मन्त्री मेहार्जीसँग नेपाल र ओमानबीच हुन गइरहेको पर्यटनसम्बन्धी द्विपक्षीय सम्झौताका विषयमा समेत छलफल गर्नु भएको थियो ।

पर्यटनसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नेबारे तयारी अगाडि बढाउने सम्बन्धमा छलफल भएको राजदूत पराजुलीले उज्यालोलाई जानकारी दिनुभयो ।

 

 

अन्तिम अपडेट: चैत १४, २०८०

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया