१३ औँ साग : आजदेखि भलिबलका खेल सुरु, नेपाल पनि खेल्दै

 मंसिर ११, २०७६ बुधबार १३:३२:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बुधबारदेखि भलिबलका खेल सुरु हुँदै छ । भलिबलमा नेपालसहित ६ देशले प्रतिस्पर्धा गर्दैछन् । अन्य टिम आइपुगिसकेको भए पनि भारतीय टिम भने आइपुगको छैन । 

बुधबार पुरुष भलिबलतर्फ एउटा खेल हुँदैछ भने महिलातर्फ दुई वटा खेल हुँदैछ । पुरुषतर्फ साँझ सात बजे ग्रुप ‘ए’ मा रहेका नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्दैछन् ।त्यस्तै महिलातर्फ दिउँसो तीन बजे ग्रुप ‘ए’ मा रहेका नेपाल र बंगलादेश खेल्दा साँझ पाँच बजे ग्रुप ‘बी’ का माल्दिभ्स र पाकिस्तान खेल्दैछन् । 

सागको भलिबलमा भारतले भाग नलिने हो कि भन्ने आशंका भैरहेका बेला भारतीय टिम बुधबार रातिसम्म काठमाडौ आइपुग्ने जनाइएको छ । नेपाल भलिबल संघका उपाध्यक्ष कुमार सुवेदीकाअनुसार भारतीय महिला र पुरुष दुवै टिम बुधबार आउँदैछन् ।

बुधबार भलिबलको उद्घाटन खेल भए पनि भारतका खेल भने बिहीबार मात्रै छ । उपाध्यक्ष सुवेदीले भारतीय महिला टिम अपराह्न सवा पाँच बजे र पुरुष टिम राति ८ बजे काठमाण्डौ आइपुग्ने बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया