आइतवारदेखि हुन लागेको लगानी सम्मेलनमा नेपालले एक सय ५१ वटा...
बैशाख १४, २०८१ शुक्रबार
दोलखा - दोलखाको पर्यटकीय तथा धार्मिकस्थल कालिञ्चोक क्षेत्रमा हिमपात सुरु भएको छ ।
कालिञ्चोकको कुरी क्षेत्रमा शुक्रबार बिहानदेखि नै हिउँ परिरहेको छ । जिल्लाको उच्च भेगमा हिमपात भइरहेको छ भने सदरमुकाम चरिकोट आसपासमा सिमसिम पानी परिरहेको छ । जसका कारण चिसो बढ्दा स्थानीयवासीको जनजीवन कष्टकर बनेको छ ।
विशेषगरी शुक्रबार र शनिबार आन्तरिक तथा बाह्य पर्यटकको भिड लाग्ने दोलखामा हिमपात भएपछि पर्यटकको संख्यामा वृद्धि हुने होटल व्यवसायी बताउँछन् ।
काठमाण्डौबाट १ सय ३३ किलोमिटर यात्रापछि चरिकोट र चरिकोटबाट १७ किलोमिटर यात्रापछि कालिञ्चोक क्षेत्र पुग्न सकिन्छ ।
उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।