ए डिभिजन लिगमा सरस्वती र एनआरटी तथा पुलिस र शेर्पा प्रतिस्पर्धा गर्दै

 पुष १, २०७६ मंगलबार ९:५०:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत मंगलबार दुई वटा खेल हुँदैछन् । 

पहिलो खेल सातदोबाटोमा मध्याह्न साढे १२ बजे हुने छ भने दोस्रो खेल दशरथ रंगशालामा दिउँसो साढे २ बजेपछि सुरु हुने छ ।

सातदोबाटोमा हुने पहिलो खेलमा सरस्वती युवा क्लब र न्युरोड टिम एनआरटी आमनेसामने हुने छन् । आजको खेलमा सरस्वती विजयी भए स्पष्ट तीन अंक जोड्ने छ भने एनआरटी विजयी भएमा भने १ अंक मात्रै हात पार्ने छ । गएको संस्करणमा पुछारमा रहेको एनआरटीले २ अंक तिर्न बाँकी नै छ ।

यस्तै दशरथ रंगशालामा हुने अर्को खेलमा विभागीय क्लब नेपाल पुलिस र हिमालयन शेर्पा आमनेसामने हुने छन् । दुवै टिम जित निकाल्दै स्पष्ट तीन अंक लिने होडमा हुने छन् । 

लिगअन्तर्गत सोमबार भएको खेलमा त्रिभुवन आर्मी र च्यासल युथ क्लब विजयी भएका थिए । 

अन्तिम अपडेट: मंसिर २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया