परवेज मुशर्रफको समर्थन गर्दै पाकिस्तानी सेनाले भन्यो : देशको सेवा गर्ने नेता कसरी देशद्रोही हुन सक्छ ?

 पुस २, २०७६ बुधबार ८:१४:३७ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफलाई लाहोर उच्च अदालतले मृत्युदण्डको सजाय सुनाएपछि पाकिस्तानी सेना असन्तुष्ट देखिएको छ । 

अदातलको फैसलापछि पाकिस्तानी सेनाले पूर्व राष्ट्रपति मुशर्रफको बचाउ गर्दै पूर्व सेना प्रमुख र राष्ट्रपतिविरुद्धको यस्तो फैसलाले दुःख पुगेको बताएको छ । 

पाकिस्तानको डीजी आईएसपीआरले पूर्व राष्ट्रपति मुशर्रफलाई अदालतले सुनाएको मृत्युदण्डलाई लिएर ट्वीट गर्दै पत्र शेयर गरेको छ । पूर्व सेना प्रमुख, स्टाफ कमिटीका संयुक्त प्रमुख र पूर्व राष्ट्रपति जसले ४० वर्षसम्म देशको सेवा गरे र यद्धमा भाग लिए, उनी देशद्रोही हुन सक्दैनन्– पत्रमा भनिएको छ । 

साथै पाकिस्तानी सेनाले पूर्व राष्ट्रपति मुशर्रफलाई सजाय दिने क्रममा संविधानको नजरअन्दाज गरिएको र आत्मरक्षाको फन्डामेन्टर लाइट को उल्लंघन गरेको निष्कर्ष निकालेको छ । 

साथै पाकिस्तानी सेनाले संविधानअनुसार परवेज मुशर्रफमाथि न्याय हुने विश्वास लिएको जनाएकाे छ । 

मंगलबार मात्रै पाकिस्तानको लाहोर उच्च अदालतले पूर्व राष्ट्रपति परवेज मुशर्रफलाई मृत्युदण्डको सजाय सुनाएको थियो । उनीमाथि देशद्रोह र सन् २००७ नोभेम्बर ३ मा संकटकाल घोषणा गरेको विरुद्ध सजाय सुनाइएको हो । 

याे पनि पढ्नुस्

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया