रामेछाप–काठमाण्डौ उडान बन्द, बिरामीहरु समस्यामा
मंसिर ११, २०८१ मंगलबार
वेस्ट इण्डिजविरुद्धको दोस्रो एक दिवसीय क्रिकेटमा घरेलु टोली भारतले ३८८ रनको विशाल लक्ष्य दिएको छ ।
भारतका लागि रोहित शर्माले १५९ तथा केएल राहुलले १०२ रनको शतकीय पारि खेल्दै निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३८७ रन बनाएका थिए । वेस्टइण्डिजका कप्तान कायरन पोलार्डले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका थिए ।
वेस्टइण्डिजको टिममा सुनील अम्ब्रिस र हेडन वाल्सको ठाउँमा एभिन लुइस र खेरि पिएरेलाई मौका दिइएको थियो । आजको खेलमा शिबम दुबेको ठाउँमा शार्दुल ठाकुरलाई स्थान दिइएको छ ।
टस हारेर पहिला ब्याटिङ गरेको भारतले रोहित र राहुलकाे शानदार पारीकाे मदतले ३८७ रन बनाएकाे हाे । राेहित र राहुलले शतक बनाए भने कप्तान विराट कोहली खाता नै नखोली आउट भए ।
ओपनिङमा आएका रोहितले श्रेयस अय्यरसँग मिलेर तेस्रो विकेटका लागि ६० रनको साझेदारी गरे । रोहितले १३८ बलमा १७ चौका र ५ छक्काको मद्दतले १५९ रन बनाए ।
रोहित आउट भएपछि अय्यरले ऋषभ पन्तसँग मिलेर चौथो विकेटका लागि ७३ रनको साझेदारी गर्दै टिमको स्कोर ३५० कटाए । पन्त चार चौका र तीन छक्काको मद्दतले १६ बलमा ३९ रन बनाउँदै आउट भए ।
अय्यरले ३२ बलमा ५३ रनको योगदान दिए ।
केदार जाधव १६ तथा रविन्द्र जडेजा खाता नै नखोली नट आउट रहे । वेस्ट इण्डिजका लागि शेल्डन कट्रेलले २ तथा किमो पल, अल्जारी जोसेफ र कायरन पोलार्डले एक एक विकेट लिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।