रामेछाप–काठमाण्डौ उडान बन्द, बिरामीहरु समस्यामा
मंसिर ११, २०८१ मंगलबार
कास्की – पोखरा प्रिमियर लिग (पीपीएल) मा चितवन राइनोजले बुटवल ब्लास्टर्सलाई २ सय ४ रनको लक्ष्य दिएको छ ।
पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा तीन विकेट गुमाउँदै २ सय ३ रन बनायो । उत्कृष्ट सुरुवात गरेको चितवनले पहिलो विकेटका लागि कप्तान पारस खड्का र रोहन मुस्तफाले शतकीय साझेदारी गरे ।
जारी पीपीएलमा पहिलो विकेटका लागि भएको यो सर्वाधिक ठूलो साझेदारी हो । जसमा पारस खड्काले अर्धशतक बनाए । उनले ४० बलमा ६५ रन बनाएर आउट हुँदा चितवनले १ सय १७ रनमा पहिलो विकेट गुमायो ।
त्यसपछि बाबर हायात मात्र एक रनमा आउट हुँदा एक सय २९ रनमा चितवनले दोस्रो विकेट गुमायो ।
तर आरिफ शेख र रोहनले ६९ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितिमा पुर्याए । आरिफले विस्फोटक ४० रन बनाए, जसमा उनले १९ बलमा तीन चौका र तीन छक्का प्रहार गरे ।
यस्तै रोहन मुस्तफाले अविजित ७० रन बनाए । बलिङमा अफ्ताबुद्दिन अहमदले दुई विकेट लिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।