पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्याे

 पुस १६, २०७६ बुधबार २०:५:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ ।

बुधबार मध्यरातबाट लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाइएको निगमले जनाएको छ । पेट्रोलको मूल्य अब प्रतिलिटर १११ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको १ सय रुपैयाँ पुगेको छ ।

हवाई ईन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने पुरानै रहेको निगमले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया