प्रिमियर लिगमा आर्सनलले म्यानचेस्टर युनाइटेडलाई हरायाे

 पुस १७, २०७६ बिहिबार ७:४४:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत म्यानचेस्टर युनाइटेड पराजित भएको छ ।

बिहीबार बिहान सकिएको खेलमा म्यानचेस्टर युनाइटेड आर्सनलसँग २–० गोल अन्तरले पराजित भयो । आर्सनलको जितमा निकोलास पेपे र सोक्राती पापस्तथोपोलोसले एक–एक गोल गरे ।

घरेलु मैदानमा इमिरेट्समा आर्सनले सुरुमै युनाइटेडविरुद्ध अग्रता लिन सफल भयो । आठौं मिनेटमा निकोलस पेपेले गोल गर्दै आर्सनललाई अग्रता दिलाए । ४२ औं मिनेटमा सोक्रातीले गोल गर्दै पहिलो हाफमै अग्रता दोब्बर बनाए ।

दोस्रो हाफमा थप गोल नभएपछि आर्सनलले नयाँ वर्षको स्वागत जितका साथ गर्न सफल भयो । जितसँगै आर्सनल प्रिमियर लिगको दशौं स्थानमा छ भने पराजित भएको म्यानचेस्टर युनाइटेड पाँचौँ स्थानमा छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया