ए डिभिजन लिग : एपीएफ र सरस्वती पहिलाे जित खाेज्दै

 पुस १७, २०७६ बिहिबार ११:५०:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाणडाै – कतार एअरवेज शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत बिहीबार चौथो चरणको खेल सकिँदैछ ।

सातदोबाटोकाे  एन्फा मैदानमा दिउँसो ३ बजे एपीएफ र सरस्वती युवा क्लबबीच प्रतिस्पर्धा हुँदैछ । चौथो चरणको खेल जारी रहँदा दुवै टिमले जित भने भेट्याउन सकेका छैनन् ।

अहिलेसम्म एपीएफले एक खेलमा बराबरी गर्दै १ अङ्क जोडेको छ भने सरस्वती सबै खेलमा पराजित हुँदै तालिकामा अङ्क पनि जोड्न सकेको छैन ।

यसअघि बुधवार भएको खेलमा दुई विभागीय क्लब त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब विजयी भएका थिए । आर्मीले थ्रीस्टार र तथा पुलिसले सङ्कटालाई पराजित गरेकाे थियाे । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया