भारतविरुद्धकाे टी–२० सिरिजका लागि श्रीलङ्कन टिमकाे घाेषणा, मलिंगा कप्तान

 पुस १७, २०७६ बिहिबार १२:५०:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भारतविरुद्धको तीन वटा टी–२० क्रिकेटका लागि श्रीलङ्काली टिमकाे घोषणा भएकाे छ । 

१६ सदस्यीय टिमको कप्तानी लसिथ मलिंगाले गर्नेछन् । श्रीलङ्काली टिममा एन्जेलो म्याथ्युजले झण्डै डेढ वर्षपछि फर्किएका छन् । 

म्याथ्युजले अन्तिम टी–२० गएको अगस्ट २०१८ मा खेलेका थिए । यता नुवान प्रदीप भने घाइते भएकाले टिममा पर्न सकेनन् । कसुन रजिथालाई प्रदीपको ठाउँमा राखिएको छ । 

यस्तै निरोशन डिकवेल्ला र कुशल परेरा पनि टिममा परेका छन् । 

श्रीलङ्काले पछिल्ला दुई वटा टी–२० मा औसत नतिजा हात पारेको छ । पाकिस्तानविरुद्ध उसकै मैदानमा ३–० ले सिरिज जितेको श्रीलङ्का अस्ट्रेलियासँग ३–० ले पराजित भएको थियो । 

भारत र श्रीलङ्काबीचको तीन खेलको टी–२० श्रृङ्खलाको पहिलो खेल जनवरी ५ मा गुवाहिटीमा हुने छ । दोस्रो टी–२० जनवरी ७ मा इन्दोरमा र तेस्रो तथा अन्तिम टी–२० पुनेमा १० तारिखमा हुने छ । 

यस्तो छ श्रीलङ्काली टिम– 

लसिथ मलिंगा (कप्तान), दनुष्का गुनाथिलका, अविष्का फर्नान्डो, एन्जेलो म्याथ्युज, दसुन शनाका, कुशल परेरा, निरोशन डिकवेल्ला (विकेटकीपर), धनञ्जय डी सिल्भा, इसुरु उदाना, भनुका राजापक्ष, ओशादा फर्नान्डो, वनिन्दु हसरङ्गा, कसुन रजिता, लाहिरू कुमारा, कुसल मेन्डिस र लक्षन सन्दाकन ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया