ए डिभिजन लिग : एपीएफद्वारा सरस्वती क्लब २–१ गोल अन्तरले पराजित

 पुस १७, २०७६ बिहिबार १७:२५:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा विभागीय क्लब एपीएफले पहिलो जित दर्ता गरेको छ ।

एन्फा मैदान सातोबाटोमा बिहीबार भएको खेलमा एपीएफले सरस्वती क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो । जारी लिगमा एक खेलमात्रै बराबरी गरेको एपीएफले जितसँगै तालिकामा चार अंक बनाएको छ । यस्तै सरस्वतीले अहिलेसम्म जितको स्वाद चाख्न पाएको छैन भने आज पहिलो गोल भने गरेको छ ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ६३ औंँ मिनेटमा एपीएफले अग्रता लिएकाे थियाे । प्रविणकुमार श्रेष्ठको पासलाई आशिष लामाले गोलमा परिणत गरेका थिए । दोस्रो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा आशिष लामाले नै व्यक्तिगत तथा टिमका लागि दोस्रो गोल गरे । तर त्यसको एक मिनेटपछि सरस्वतीले एक गोल फर्कायो ।

सरस्वतीका लागि विनोद केसीले गोल गरेका थिए । केसी जारी लिगमा सरस्वतीका लागि गोल गर्ने पहिलो खेलाडी पनि बनेका छन् । सरस्वतीले अन्तिम समयमा एक गोल फर्काए पनि हार भने टार्न सकेन ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया