लिभरपुलको अविजित यात्रा कायमै, शेफिल्ड २–० ले पराजित

 पुस १८, २०७६ शुक्रबार ६:३४:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ– इंग्लिस प्रिमियर लिग (ईपीएल) मा लिभरपुलले शेफिल्ड युनाइटेडलाई दुई–शून्य गोल अन्तरले पराजित गरेको  छ । 

बिहीबार राति घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई जिताउन मोहम्मद सलाह र सादियो मानेले एक–एक गोल गरे । खेलको चौथौ मिनेटमा गोल गर्दै सलाहले लिभरपुललाई अग्रता दिलाए । उनको गोलसँगै पहिलो हाफमा लिभरपुलले एक गोलको अग्रता कायम राख्यो ।

खेलको ६४औँ मिनेटमा मानेले एक गोल थप्दा लिभरपुलले अग्रता दोब्बर बनायो । अन्त्यमा अरु गोल नथपिँदा लिभरपुल शेफिल्डविरुद्ध दुई–शून्य गोल अन्तरले विजयी भयो । 

यो जितसँगे लिभरपुल अङ्क तालिकाको शीर्ष स्थानमा रहँदा २० खेलबाट ५८ अङ्क बनाएको छ । दोस्रो स्थानमा रहेको लेस्टर सिटी लिभरपुलभन्दा १३ अङ्कले पछि छ । 

आठौँ स्थानमा रहेको शेफिल्डको २१ खेलमा २९ अङ्क छ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया