बिग ब्याश लिग : सन्दीप लामिछाने सम्मिलित मेलबर्न स्टार्सलाई मेलबर्न रेनिगेड्सकाे १४३ रनको लक्ष्य

 पुस १९, २०७६ शनिबार १५:४१:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

बिग ब्याश लिगकाे जारी खेलमा नेपाली लेगस्पिनर सन्दीप लामिछाने आवद्ध मेलबर्न स्टार्सलाई मेलबर्न रेनिगेड्सले १४३ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ गरेको रेनिगेड्सले निर्धारित ओभरमा ९ विकेट गुमाएर १४२ रन बनाएको हो ।

उसका लागि शन मार्शले सर्वाधिक ४३ रन बनाए भने ब्यू वेब्स्टरले २९ रनको योगदान गरे । यस्तै एरोन फिन्च २५ रन विल सदरल्याण्ड १६ रन बनाएर पेभेलियन फर्किए।

 

साम हार्परले १२ रन बनाए भने अरु खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । मेलबर्न स्टार्सका लागि नेपालका सन्दीपले सर्वाधिक ३ विकेट लिए । यस्तै डेल स्टेन र एडम जाम्पाको नाममा पनि २–२ विकेट रह्यो ।

 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया