आन्तरिक ऋण उठाउनको लागि राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विका...
मंसिर ११, २०८१ मंगलबार
भारतीय क्रिकेट टिमका बलर इरफान पठानले शनिबार सबै फर्म्याटबाट सन्यास लिएका छन् ।
पठानले करियरमा २९ टेस्ट १२० एक दिवसीय र २४ टी-२० भारतका लागि खेलेका छन् । सबै फर्म्याटमा गरी इरफानले करियरमा ३०१ विकेट हात पार्न पनि सफल भएका छन् ।
सन् २००३ को डिसेम्बरमा अस्ट्रेलियाविरुद्ध टेस्टमा डेब्यू गरेका इरफानले एक दिवसीय डेब्यू पनि अर्को वर्ष अस्ट्रेलियाविरुद्ध नै गरेका थिए । टी-२० मा भने उनले २००६ मा दक्षिण अफ्रिकाविरुद्ध डेब्यू गरेका हुन् । उनले टेस्ट क्रिकेटमा १००, एक दिवसीयमा १७३ र टी-२० मा २८ विकेट हात पारेका छन् ।
पठानले अन्तिम एक दिवसीय भने २०१२ मा खेलेका थिए । २००७ को टी-२० विश्वकप जिताउँदा महत्वपूर्ण भूमिका निर्वाह गरेका इरफान फाइनल खेलको म्यान अफ द म्याचसमेत भएका थिए । उनको नाममा टेस्ट क्रिकेटमा पहिलो ओभरमै ह्याट्रिक विकेट लिने रेकर्ड पनि बनेको छ ।
बलिङका साथै ब्याटिङमा पनि राम्रो प्रदर्शन गरेका इरफानको ब्याटबाट टेस्टमा १ हजार १सय ५, एक दिवसीयमा १ हजार ५ सय ४४ र टी -२० मा १ सय ७२ रन बनेको छ । अहिले उनी क्रिकेट कमेन्टेटरको भूमिकामा देखा पर्दै आएका छन् । अन्तिम आईपीएल २०१७ मा खेलेका इरफान त्यस यताका संस्करणमा अनसोल्ड रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।