आन्तरिक ऋण उठाउनको लागि राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विका...
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै – स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले जित दर्ता गरेकाे छ ।
शनिबार राति भएको खेलमा गेटाफेमाथि तीन–शून्य गोल अन्तरले जित दर्ता गरेको मड्रिडले तालिकामा ४० अङ्क बनाउँदै बार्सिलाेनासँग अङ्क बराबरी गरेकाे छ ।
शनिबार राति गेटाफेको मैदानमा तीन–शून्य गोलको फराकिलो जित दर्ता गर्दा मड्रिडले अग्रता भने उपहार गोलबाट लिएको थियो । बल क्लियर गर्न खोज्दा गेटाफेका डेभिड सोरियाले आफ्नै पोस्टमा गोल गरेका थिए ।
आत्मघाती गोलले अग्रता बनाएको मड्रिडले दोस्रो हाफमा दुई गोल थपेको थियो । राफेल भर्नेले ५३ औँ मिनेटमा गोल गर्दै मड्रिडकाे अग्रता दोब्बर बनाए । दोस्रो हाफको इन्ज्योरी समयकाे साताैँ मिनेटमा लुका मड्रिकले मड्रिडका लागि तेस्रो गोल गर्दै फराकिलो जित दिलाए ।
यता स्पेनिस ला लिगामा बार्सिलोना भने रेलिगेसन जोनको स्पान्योलसँग बराबरीमा रोकिएको छ । स्पान्योलको मैदानमा भएको खेलमा १० खेलाडीमा समेटिएको बार्सिलोना २–२ गोलको बराबरीमा रोकिएको हो ।
बराबरीका कारण बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडसँगकाे अङ्क दुरी बढाउने मौका गुमाएको छ । अङ्क बाँडेसँगै बार्सिलोनाको ४० अङ्क भएकाे छ ।
एस्पान्याेलको मैदानमा भएको खेलमा २३औँ मिनेटमा डेभिड लोपेजले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाए । पहिलो हाफमा एस्पान्याेलले अग्रता कायम राखे पनि बार्सिलोनाका लागि लुइस स्वारेजले ५०औँ मिनेटमा बराबरी गोल फर्काए ।
त्यसको ९ मिनेटपछि अर्टुरो भिडालले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । खेलकाे ७५औँ मिनेटमा फ्रेङ्की डी जोङ दोहोरो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा सीमित बन्यो ।
निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा एस्पान्याेलका वु लेईले गोल गर्दै बराबरीमा राेके । उनले मेलेन्दोको पासमा गोल गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।