धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
धनकुटा – नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कम्युनिष्टहरुको अराजकताविरुद्ध भिड्नुपर्नेमा सभापति देउवाले काङ्ग्रेसी–काङ्ग्रेसीलाई नै एकआपसमा जुधाएकाे आरोप लगाउनु भयाे ।
जीपी फाउण्डेसनले धनकुटाको चौबिसे गाउँपालिकाको मौनाबुधुकमा अयोजना गरेको कार्यक्रममा उहाँले काङ्ग्रेस घरभित्रको झगडामा फसेको भन्दै यो झगडालाई चाँडो अन्त्य गर्नुपर्नेमा जोड दिनुभयाे । सभापति देउवाले सबैलाई दिशा निर्देश गर्नुपर्नेमा उहाँ नै विधान मिच्दै अगाडि बढेकाे काेइरालाकाे आरोप थियो ।
नेपाली काङ्ग्रेसको इतिहासमा सहमतिकै आधारमा महाधिवेशन घोषणा गर्ने स्थिति रहेको स्मरण गराउँदै कोइरालाले वर्तमान समयमा पनि सहमतिबाटै समस्याको समाधान गर्नुपर्नेमा जाेड दिनुभयाे । बहुमतका आधारमा सभापतिले स्वेच्छाचारी प्रवृत्ति देखाइ रहेको उहाँकाे दाबी थियो ।
त्यस्तै नेपाली काङ्ग्रेसका नेता तथा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले बहुुमतको दम्भमा पार्टी अगाडि बढे त्यसको परिणाम भयावह हुने बताउनु भएकाे छ ।सिटाैलाले सभापति शेरबहादुर देउवामाथि बहुमतको आडमा पार्टीमा जमिनदारी प्रथा लागू गर्न खोजेको आरोप लगाउनु भयाे ।
उहाँले भन्नुभयाे, ‘विधान लत्याएर सहमति र सहकार्यको काङ्ग्रेसी संस्कृतिमा सभापतिले आगो लगाएका छन् । विगतको नजिरसमेत सभापति देउवाले कुल्चिनु भयाे ।' उहाँले रामचन्द्र पौडेल कार्यवाहक सभापति हुँदासमेत देउवालाई सोधेर महाधिवेशन घोषणा गरिएको सुनाउनु भयाे ।
अधिकांश समय सभापति देउवाविरुद्ध खनिनु भएका सिटौलाले सहमति, सहकार्य र एकताले मात्र पार्टी र देशकाे हित हुने हुदाँ त्यसतर्फ नेतृत्वको ध्यान जानु पर्नेमा जोड दिनुभयाे ।
कार्यक्रममा नेपाली काङ्ग्रेस धनकुटाका सभापति अग्निप्रसाद पौडेल, तेह्रथुमका सभापति केदार ढुङ्गाना, महासमिति सदस्य आनन्द सन्तोषी राई, उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो लगायतले काङ्ग्रेसको नेतृत्वमा विकास समृद्धिको अभियान सफल हुने बताए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।