हिमालयन शेर्पा र फ्रेण्ड्स क्लब खेल्दै : दुवै टिम पहिलाे जित खाेज्दै

 पुस २२, २०७६ मंगलबार ८:५५:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कतार एअरवेज शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मङ्गलबार एउटा मात्रै खेल हुँदैछ ।

पाँचौँ चरणको एक मात्र खेलमा मङ्गलबार हिमालयन शेर्पा र फ्रेण्ड्स क्लब प्रतिस्पर्धा गर्दैछन् । शेर्पाले चौथो चरणको खेल सकिँदासम्म तालिकामा दुई अङ्क मात्रै जोडेको छ ।

अङ्क तालिकाकाकाे १२औँ स्थानमा रहेको शेर्पाले दुई खेलमा बराबरी गर्दा दुई खेलमा पराजित भएको छ । याे खेलमा शेर्पा पहिलो जितको लक्ष्यका साथ मैदान उत्रने छ ।

यस्तै फ्रेण्ड्स क्लब अङ्क तालिकामा एक अङ्क जोड्दै १३औँ स्थानमा छ । अरु खेलमा पराजित भएको फ्रेण्ड्सले शीर्ष स्थानको मनाङसँग बराबरी खेल्दै एक अङ्क जाेडेकाे थियो ।

याे खेलमा पनि मनाङसँग खेलेको जस्तै प्रदर्शन गर्ने फ्रेण्ड्सको लक्ष्य हुने छ । पाँचौँ चरण जारी रहँदा मनाङ ११ अङ्कसहित शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको मछिन्द्र क्लबकाे १० अङ्क छ । 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया