नेपाली खेलाडी प्रिन्स दाहाल विश्व ब्याडमिन्टन महासङ्घकाे वरीयतामा १४औँ स्थानमा

 पुस २२, २०७६ मंगलबार १२:१७:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली किशोर खेलाडी प्रिन्स दाहाल विश्व ब्याडमिन्टन महासङ्घको वरीयतामा जुनियरतर्फ १४औँ स्थानमा परेका छन् । 

पछिल्लो वरीयतामा ३२औँ स्थानमा रहेका प्रिन्सले १८ स्थान सुधार गरेका हुन् । विश्व वरीयतामा नेपाली खेलाडीले हासिल गरेको यो सबैभन्दा राम्रो स्थान हो ।

लगातार अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भइरहेका प्रिन्स चार महिनाअघि दुबई इन्टरनेशनल सिरिजमा उपाधि जितेपछि शीर्ष ५० वरीयतामा समावेश भएका थिए ।

पछिल्लो पटक प्रिन्स तीन हप्ताअघि भारतमा भएको जुनियर इन्टरनेशनल सिरिजको क्वाटरफाइनलमा पराजित भएका थिए ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया