अर्लिंङ हाल्यान्डले खुलाए म्यानचेस्टर युनाइटेडको सट्टा बोरसिया डर्टमन्ड रोज्नुको कारण

 पुष २२, २०७६ मंगलबार १६:३:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

नर्वेका फरवार्ड अर्लिङ हाल्यान्डले आफूले म्यानचेस्टर युनाइटेडको प्रस्ताव नकार्दै गर्दै बोरसिया डर्टमन्ड रोज्नुको कारण खुलाएका छन् ।

हाल्यान्डका लागि युनाइटेडले प्रकृया थालिरहेको बताउँदै गर्दा उनी भने बोरसियामा अनुबन्धित भएका थिए । हाल्यान्डले युनाइटेडको भन्दा बोरसियाको योजना राम्रो र उत्कृष्ट भएकाले आफूले बोरसिया रोजेको बताएका छन् । उनले ४ वर्षका लागि बोरसियासँग सम्झौता गरेको बताइएको छ ।

हाल्यान्डलाई अनुबन्धित गर्नका लागि आरबी लिपजिग र युभेन्टसले पनि रुचि देखाएका थिए । उनले बोरसिया आउनुअघि यस सिजन साल्जबर्गका लागि २२ खेलमा २८ गोल गरेका छन् ।

‘उनीहरु आएर बोरसियाले मलाई अनुबन्धित गर्न चाहेको बताए । उनीहरुले मेराे खेल र तरिका मन परेकाे बताए । म र डर्टमण्डबीच राम्राे सम्बन्ध बन्ला जस्ताे लागेकाले मैले उनीहरुकाे प्रस्ताव स्विकार गरेँ’, हाल्यान्डले भने ।

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया