ईपीएलको नयाँ सिजनमा विदेशी स्टार खेलाडीहरुकाे सम्भावना : हाशिम आमला लगभग पक्का

 पुस २२, २०७६ मंगलबार १९:५३:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एभरेष्ट प्रिमियर लिग ईपीएलको नयाँ सिजनमा विदेशी खेलाडीमा चर्चित नामहरु आउने सम्भावना बलियाे भएकाे छ ।

लिगको अफिसियल वेबसाइटमा उल्लेख भए अनुसार यो पटक हासिम आमला, ड्वेन स्मिथ, केस्रिक विलियम्स, मोहम्मद शहजाद, सीकुगे प्रसन्ना, उपुल थरंगा, लायम प्लंकेट, पल स्ट्रलिङ तथा रिचर्ड लेभी जस्ता खेलाडीहरु आउने भएका हुन् ।

ईपीएलको साइटले राखेको खेलाडीको नाममा दक्षिण अफ्रिकी पूर्व कप्तान आमला, वेष्ट इन्डिजका विस्फोटक ब्याट्सम्यान ब्राभो र विलियम्स, अफगानिस्तानका पूर्व ओपनर शहजाद, श्रीलंकाका प्रसन्ना र थरंगा तथा इंग्ल्याण्डका प्लंकेटको नाम छ ।

आमला आउने निश्चितजस्तै भएको आयोजकले जनाए पनि बाँकी खेलाडीको आधिकारिक धारणा एक दुई दिनमा आउनेछ । यसपछि कुन खेलाडी कुन टिमबाट खेल्छन् भन्ने पनि प्रष्ट हुनेछ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया