रामेछाप–काठमाण्डौ उडान बन्द, बिरामीहरु समस्यामा
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै – 'इंग्लिस कारबाओ लिग कप'अन्तर्गत सेमिफाइनलको पहिलो लेगकाे खेलमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई तीन–एक गाेल अन्तरले पराजित गरेकाे छ ।
युनाइटेडको घरेलु मैदान ओल्डट्राफोर्डमा हात पारेकाे प्रभावशाली जितसँगै सिटीले लिग कपको फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।
सर्जियो अगुयुराे र ग्याब्रियल जेससलाई बेन्चमा राखेर बर्नार्डो सिल्भा र केभिन डी ब्रुयनलाई प्लेइङ सेटमा राखेका पेप गार्दिओलाको टिमले पहिलो हाफमै तीन गोल गर्न सफल भयो ।
१७औँ मिनेटमा सिल्भाले केल वाल्करको पासमा गोल गर्दै डिफेन्डिङ च्याम्पियनलाई अग्रता दिलाए । ३३औँ मिनेटमा मेहरेजले गोल गरे भने ३८औँ मिनेटमा सिटीले आत्मघाती गोल उपहार पायो ।
पहिलो हाफमा तीन गोलको अग्रता लिएको सिटीले गोल गर्ने अझै धेरै अवसर गुमाएको थियो ।
७०औँ मिनेटमा मार्कस रासफोर्डले एक गोल गर्दै सिटीको गोल अन्तर कम गरे । थप गोल हुन नसक्दा सिटीले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।
दोस्रो लेगको खेल आउँदाे जनवरी २९ मा सिटीको घरेलु मैदान इतिहास स्टेडियममा हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।