रामेछाप–काठमाण्डौ उडान बन्द, बिरामीहरु समस्यामा
मंसिर ११, २०८१ मंगलबार
का – रियल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ ।
साउदी अरेबियामा भएको सेमिफाइनलमा भ्यालेन्सियालाई तीन–एक गाेल अन्तरले हराउँदै रियल मड्रिड फाइनलमा प्रवेश गरेको हो । रियलको जितमा टोनी क्रुज, इस्को र लुका मोड्रिचले एक–एक गोल गरे ।
१५औँ मिनेटमा क्रुजले गोल गर्दै रियल मड्रिडलाई अग्रता दिलाए । क्रुजले प्रहार गरेको कर्नर किक भ्यालेन्सियाका गोलकिपर जाउमे दोमेनेचले पन्च गरेका थिए । त्यही बल पाएका क्रुजले डिफेन्डरलाई बिट गर्दै गोल गरेका थिए ।
त्यस्तै ३९औँ मिनेटमा इस्कोले गोल गर्दै पहिलो हाफअघि रियल मड्रिडको अग्रता दुई–शून्यमा पुर्याए । ६५औँ मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई तीन–शून्यकाे अग्रता दिलाए ।
इन्ज्युरी समयको दोस्रो मिनेटमा भ्यालेन्सियाले पेनाल्टी पायो र त्याे पेनाल्टीलाई डानी पारेजोले गोलमा परिणत गरे । उपाधिका लागि रियलले बार्सिलोना र एट्लेटिको मड्रिडबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । यो खेल बिहीबार राति हुँदैछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।