सेन्ट एटिनकाे पाेस्टमा पीएसजीकाे आधा दर्जन गाेल, इकार्डीकाे ह्याट्रिक

 पुस २४, २०७६ बिहिबार ७:५३:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शीर्ष डिभिजनको सेन्ट एटिनलाई ६–१ गाेल अन्तरले हराउँदै पीएसजी उपाधिनजिक पुगेको हो । पेरिसमा भएको खेलमा घरेलु टिमलाई जित दिलाउनका लागि माैरो इकार्डीले ह्याट्रिक गरे ।

खेलकाे दोस्रो मिनेटमा इकार्डीले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । ३१औँ मिनेटमा वेस्ले फोफाना रातो कार्ड खादै मैदान बाहिरिएपछि सेन्ट एटिन १० खेलाडीमा सिमित बनेको थियो ।

३९औँ मिनेटमा एंगल डी मारियाको पासमा नेयमारले गोल गर्दै पीएसजीकाे दग्रता दाेब्बर बनाए । ४४औँ मिनेटमा जेस्से मोलिनले आत्मघाती गोल गर्दा पहिलो हाफमा पीएसजीले ती–शून्यकाे अग्रता लिएको थियो ।

दोस्रो हाफ सुरु भएको चार मिनेटमै इकार्डीले एमबाप्पेको पासमा गोल गर्दै पीएसजीको अग्रता अझै लम्ब्याए । ५७औँ मिनेटमा एमबाप्पेकै पासमा इकार्डीले ह्याट्रिक पूरा गर्दा पीएसजीले पाँच–शून्यकाे अग्रता लियो ।

त्यस्तै खेलकाे ६७औँ मिनेटमा इकार्डीको पासमा एमबाप्पेले गोल गरे । ७१औँ मिनेटमा सेन्ट एटिनका याेहाेन काबाहीले  सान्त्वना गोल गरे । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया