ए डिभिजन लिग : आर्मीलाई शीर्ष स्थानमा उक्लने माैका, सरस्वती पहिलाे अङ्ककाे खाेजीमा

 पुस २४, २०७६ बिहिबार ९:९:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कतार एअरवेज शहीद स्मारक ए डिभिजन लिग फुटबलमा बिहीबार दुई वटा खेल हुँदैछन् । बिहीबारकाे खेलसँगै लिगको पाँचौँ चरणको खेल पनि सकिने छ ।

दशरथ रङ्गशालामा मध्यान्ह १२ बजे हुने पहिलाे खेलमा सङ्कटा र विभागीय क्लब एपीएफ प्रतिस्पर्धा गर्दैछन् । गएकाे संस्करणमा उपविजेता भएको सङ्कटा जारी लिगमा ११औँ स्थानमा छ भने एपीएफ १०औँ स्थानमा छ । दुवै टिमकाे समान चार–चार अङ्क रहेको छ । याे खेलमा विजयी हुने टिम सातौँ स्थानमा उक्लने छ ।

यस्तै दिउँसो ३ बजे त्रिभुवन आर्मी र सरस्वती युवा क्लबबीच प्रतिस्पर्धा हुँदैछ । आर्मी जारी लिगमा तीन खेलमा जित हात पार्दै ९ अङ्कका साथ तालिकाको चौथो स्थानमा छ । सरस्वती भने चार खेलमै पराजित हुँदै अङ्कविहीन छ ।  

याे खेलमा सरस्वती पहिलो अङ्कको खोजिमा हुँदा आर्मी भने जित हात पार्दै पाँचौँ चरणको समाप्तिमा शीर्ष स्थानमा रहेर छैटौँ चरणको प्रतिस्पर्धा सुरु गर्ने लक्ष्यमा रहने छ । 

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया