बार्सिलाेनालाई ३–२ गाेल अन्तरले हराउँदै एट्लेटिकाे मड्रिड स्पेनिस सुपर कपकाे फाइनलमा

 पुस २५, २०७६ शुक्रबार ७:४:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बार्सिलोनालाई तीन–दुई गोल अन्तरले हराउँदै एट्लेटिको मड्रिड स्पेनिस सुपरकपको फाइनलमा प्रवेश गरेको छ । 

बिहीबार राति भएको खेलमा एट्लेटिको मडिड्रलाई जिताउन खेलको अन्त्यतिर एन्जिल कोरियाले गोल गरे । एट्लेटिको मड्रिडका लागि ४६औँ मिनेटमा कोकी क्लिनिक, ८१औँ मिनेटमा अल्भरो मोराटा र ८६औँ मिनेटमा एन्जिल कोरियाले गोल गरे । 

बार्सिलोनाका लागि लियोनल मेस्सीले ५१औँ र एन्टोनी ग्रिजम्यानले ६२औँ मिनेटमा गोल गरे । 

अब स्पेनिस सुपर कपको उपाधिका लागि एट्लेटिकोले रियल मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ । रियलले भने भ्यालेन्सियालाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।  

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया