धनुषामा टिप्परले किचेर युवककाे ‘हत्या’ पछि श्रीपुर तनावग्रस्त : प्रदर्शन, लाठी चार्ज र आश्रुग्याँस प्रहार

 पुस २५, २०७६ शुक्रबार १३:५६:५३ | सुभाष कर्ण
unn.prixa.net

धनुषा - अवैध खोला उत्खननको विरोध गर्ने युवकको टिप्परले किचेर ‘हत्या’ गरिएको घटनापछि मिथिला नगरपालिका-५, श्रीपुरको अवस्था तनावग्रस्त बनेको छ ।

बिहानैदेखि भइरहेको प्रदर्शनले अवस्था तनावग्रस्त बन्दै गएपछि अवस्था नियन्त्रण गर्न प्रहरीले लाठी चार्ज गर्दै एक दर्जनभन्दा बढी आश्रुग्याँस प्रहार गरेको छ । अहिले त्यस क्षेत्रमा व्यापक रुपमा प्रहरी परिचालन गरिएको छ ।

घटनापछि स्थानीयले विरोध जनाउँदै पूर्व पश्चिम राजमार्ग बिहानैदेखि अवरुद्ध गरेका छन् । दोषीमाथि कारबाहीको माग गर्दै घटनास्थल नजिकै मिथिला नगरपालिका-५ श्रीपुरको रामलक्ष्मण चोकमा स्थानीयहरुले टायरबालेर राजमार्ग अवरुद्ध गर्दै विरोध प्रदर्शन गरिरहेका हुन् ।

बिहान १० बजेदेखि प्रदर्शनको क्रममा ढुंगामुढा भएकाले प्रहरीले लाठी चार्ज र आश्रुग्याँस प्रहार गरेका छन् तर कुनै मानवीय क्षतिको जानकारी आएकाे छैन ।

शुक्रबार बिहान मिथिला नगरपालिकाकाे श्रीपुरमा रहेकाे औरही खोलामा अबैध रुपमा बालुवा गिट्टी उत्खनन् गरिरहँदा विरोधमा उत्रेका स्थानीय युवक २४ वर्षीय ओमप्रकाश भन्ने दिलिप कुमार महतोको टिप्परले किचेर हत्या गरिएपछि अवस्था तनावग्रस्त बनेको हो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुभाष कर्ण

कर्ण उज्यालाेका धनुषा संवाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया