उपचुनावका लागि मतपत्र छपाइको काम सकियो : २ लाख ५९ हजार मतप...
मंसिर ९, २०८१ आइतबार
धनुषा - अवैध रुपमा भइरहेकाे खोला उत्खननकाे विरोध गर्दा धनुषामा एक युवकको टिप्परले किचेर हत्या गरिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
शुक्रबार बिहान आफूसँगै मर्निङ वाकमा निस्केका दिलिपकुमार महतोले औरही खोलामा गिट्टी उत्खनन् भइरहेको देखेपछि रोक्न जाँदा चालकले जबर्जस्ती टिप्पर चलाएर किचेकाे प्रत्यक्षदर्शी राेशन यादवले बताउनुभयाे ।
अवैध रुपमा खाेलाबाट बालुवा गिट्टी उत्खन्न गर्न दिन नहुने भन्दै विराेध गर्दै आउनुभएका धनुषाकाे मिथिला नगरपालिका, श्रीपुरका २४ वर्षीय ओमप्रकाश भन्ने दिलिपकुमार महतोको टिप्परले किचेर हत्या गरिएको हो ।
बिहान ४ बजे आफ्ना साथी रोशन यादवसँग मर्निङ वाकमा निस्केका ओमप्रकाशले अवैध रुपमा बालुवा गिट्टी उत्खन्न भइरहेको देखेपछि रोक्न जाँदा बालुवा गिट्टी लिन पुगेकाे ना ७ ख ६४१३ नम्बरकाे टिपर चालकले तिमी रोक्ने को हो? भन्दै टिप्पर नै महताेमाथि चलाइदिएकाे उहाँसँगै रहनुभएका प्रत्यक्षदर्शी राेशन यादवले जानकारी दिनुभयाे ।
भारतमा इन्जिनियरिङ अध्ययनरत ओमप्रकाशको टिप्परले टाउकोमै किचेर हत्या गरिएको स्थानीयको आरोप छ । घटनालगत्तै प्रहरी पुगेर शव बरामद गरी पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको छ भने टिप्पर नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।
इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवका अनुसार पनि घटनाको प्रकृति हेर्दा नियोजित रुपमा टिप्परले किचेर दिलिपको हत्या भएकाे देखिन्छ । घटनापछि टिप्पर चालक फरार भएकाे प्रहरीले जनाएकाे छ ।
यसैबीच घटनापछि स्थानीयले विरोध जनाउँदै पूर्व पश्चिम राजमार्ग बिहानैदेखि अवरुद्ध गरेका छन् । दोषीमाथि कारबाहीको माग गर्दै घटनास्थल नजिकै मिथिला नगरपालिका-५, श्रीपुरको रामलक्ष्मण चोकमा स्थानीयले टायर बालेर राजमार्ग अवरुद्ध गर्दै विरोध प्रदर्शन गरिरहेका छन् ।
यता जिल्ला प्रहरी कार्यालय धनुषाले शान्ति सुरक्षा कायम गर्न त्यहाँ प्रहरी परिचालन गरिसकिएको र दोषी भनिएका टिप्पर चालकको खोजी कार्य भइरहेकाे जनाएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।