श्रीलंकाविरुद्धको टी-२० श्रृंखला भारतले जित्याे

 पुस २६, २०७६ शनिबार ६:३८:७ | उज्यालो सहकर्मी
unn.prixa.net

श्रीलंका विरुद्धकाे ३ ट्वान्टी-२० क्रिकेट श्रृंखला घरेलु टाेली भारतले २-० ले जितेका छ । महाराष्ट्र क्रिकेट एशोसियशन मैदान पुनेमा सम्पन्न तेस्राे तथा अन्तिम खेलमा भारत ७८ रनले विजयी भयाे ।

यसअघि पहिलाे खेल वर्षाका कारण टस नभइ रद्द गरिएकाे थियाे । दाेस्राे खेलमा भारतले ७ विकेटकाे विजय हासिल गरेकाे थियाे । शुक्रबार भारतले दिएकाे २ सय २ रनकाे विशाल लक्ष्य पछ्याएको श्रीलंका १५.५ ओभरमा १ सय २३ रनमै समेटियाे ।

श्रीलंकाका लागि २ खेलाडीले मात्र दाेहाेराे अंकमा रन बनाउन सके । धनन्जय डी शिल्भाले ५७ रनकाे याेगदान गर्दा एंगेलाे मेथ्युजले ३१ रन जाेडे । अन्य खेलाडी लामाे समय क्रिजमा टिक्न नसक्दा निर्णायक खेलमा श्रीलंकाकाे पारी ध्वस्त भयाे ।

भारतका नवदीप सैनीले ३ विकेट लिए । सार्दुल ठाकुर र वाशिंगटन सुन्दरले २-२ विकेट हात पारे । जसप्रित बुमराहले १ विकेट झारे । यसअघि टस हारेर ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै २ सय १ रनकाे विशाल याेगफल खडा गरेकाे थियाे ।

भारतले उत्कृष्ट सुरुआत गरेको थियो । पहिलो विकेटका लागि शिखर धवन र केएल राहुलले ९७ रनको साझेदारी गरेका थिए । धवन ५२ रन बनाएर आउट भए । उनले ३६ बलमा ७ चौका र १ छक्का प्रहार गरे ।

यस्तै सन्जु सामसन व्यक्तिगत ६ रन बनाएर आउट हुँदा भारतको स्कोर १०६ रन रहेको थियो । धवन र मनिस पाण्डेले भारतको इनिङ्स अघि बढाएका थिए । तर व्यक्तिगत ५४ रन बनाउँदा धवन पनि पेभेलियन फर्किए । ३६ बलमा धवनले ५ चौका र १ छक्का प्रहार गरे ।

श्रीयस एय्यर भने धेरैबेर क्रिजमा टिक्न सकेनन् । उनी ४ रन बनाएर आउट भएका थिए । मनिस पाण्डे र कप्तान विराट कोहलीले टिमको स्कोर १५० कटाएका थिए । कोहली व्यक्तिगत २६ रन बनाउँदै रनआउटको शिकार बने । उनले १७ बलमा २ चौका र १ छक्का प्रहार गरेका थिए ।

कोहलीपछि क्रिजमा आएका वासिंगटन सुन्दर पहिलो बलमै आउट हुन पुगे । उनले खाता नै खोल्न सकेनन् । सार्दुल ठाकुरले पनि आक्रामक सट प्रहार गरेका थिए ।

अन्तिमसम्म क्रिजमा रहेका मनिष पाण्डे ३१ रनमा नट आउट रहँदा ठाकुर ८ बलमा २२ रन बनाउँदै नट आउट रहे । श्रीलंकाका लक्षण सन्दकनले तीन विकेट लिँदा वेनाडु हसरंगा र लिहरु कुमाराले एक एक विकेट लिए ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया