रामेछाप–काठमाण्डौ उडान बन्द, बिरामीहरु समस्यामा
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै - शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत छैटौं चरणका खेलहरु शनिबारदेखि सुरु हुँदै छ । पाँचौ चरणका जस्तै छैटौं चरणका खेलहरु सबै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने छन् ।
छैटौं चरणको पहिलो दिन शनिबार २ वटा खेल हुने छन् । पहिलो खेलमा जावलाखेल युथ क्लब र मछिन्द्र आमने सामने हुने छन् । यो खेल मध्याह्न १२ बजेदेखि सुरु हुने छ । यी दुवै टिम अपराजित छन् ।
शनिबारको खेलमा मछिन्द्र विजयी भए केहीबेरका लागि शीर्ष स्थानमा उक्लने छ भने जावलाखेल विजयी भए दोस्रो स्थानमा पुग्ने छ । साथै तीन जना खेलाडी कारबाहीमा परेकाले मछिन्द्रलाई केही असहज भने हुने छ ।
मनाङविरुद्धको खेलमा भएको झडपका कारण मछिन्द्रका दीपक राई, देवेन्द्र तामाङ र विजय धिमालले कारबाही स्वरुप सातौं चरणको खेल पनि गुमाउने छन् ।
दोस्रो खेलमा दिउँसो ३ बजे दोस्रो स्थानको मनाङ मर्स्याङ्दी र हिमालयन शेर्पा आमने सामने हुने छन् । मनाङ विजयी हुँदै शीर्ष स्थानमा पुग्ने लक्ष्यमा रहँदा शेर्पा भने पहिलो जित निकाल्दै तीन अंकको खोजिमा हुने छ ।
शेर्पाले अहिलेसम्म जित निकाल्न पाएको छैन् । तर मनाङका तीन मुख्य खेलाडी भने अनुशासनको कारबाहीमा परेका छन् । जगजीत श्रेष्ठ र अशोक बराल दुवैले शनिबारकोसहित पाँच खेल गुमाउँदा रञ्जन विष्टले पनि २ खेल गुमाउने छन् ।
पाँचौं चरणको समाप्तिसँगै विभागीय क्लब त्रिभुवन आर्मी शीर्ष स्थानमा छ । चार खेलमा जित र एक खेलमा पराजित भएको आर्मी १२ अंकसहित शीर्ष स्थानमा रहँदा अपराजित रहेका मनाङ मर्स्याङ्दी र मछिन्द्र क्रमश ११ र १० अंकसहित दोस्रो र तेस्रो स्थानमा छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।