काठमाण्डौ उपत्यकासहित देशका विभिन्न शहरमा वायु प्रदूषण बढ्दै
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै - साविक विजेता नेपाल एपीएफ क्लब र साविक उपविजेता तथा आयोजक न्यु डायमण्ड स्पोर्ट्स क्लब तेस्रो संस्करणको होङ्ग्वान्जी न्यु डायमण्ड खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।
नयाँ बसपार्कमा रहेकाे ढोरपाटन क्लबको मैदानमा शनिबार भएको सेमिफाइनलमा एपीएफले नेपाल पुलिसलाई तीन शून्यको सेटमा पराजित गर्दा न्यु डायमण्डले त्रिभुवन आर्मीलाई पनि तीन शून्यकै सेटमा पराजित गर्दै उपाधिका लागि निर्णायक प्रतिस्पर्धा पक्का गरेका हुन् ।
सेमिफाइनलमा पराजित भएका आर्मी र पुलिस तेस्रो स्थानका लागि आइतबार नै प्रतिस्पर्धा गर्नेछन् ।
शनिबार भएको दोस्रो सेमिफाइनलमा न्यु डायमण्डले आर्मीमाथि तीन सून्यको सहज जित हात पार्न सफल भयो । पहिलो सेट २५–१७ ले आफ्नो पक्षमा पारेको न्यु डायमण्डले दोस्रो सेट २५–१६ले जित्यो । तेस्रो तथा निर्णायक सेट पनि न्यु डायमण्डले २५–११ ले जितेकाे हाे ।
एपीएफले शनिबार नै भएको पहिलो सेमिफाइनलमा नेपाल पुलिसलाई तीन शून्यको सेटमा जित हात पारेको थियो । पहिलो सेट २५– १४ ले जितेको एपीएफले दोस्रो सेट २५–१८ ले पक्षमा पारेको थियो । तेस्रो तथा निर्णायक सेट पनि एपीएफले २५– १७ ले जित्दै फाइनलमा स्थान बनाएको थियाे ।
होङ्ग्वान्जी बौद्ध समाज नेपालको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको विजेताले ४ लाख १ हजार १ रुपैयाँ तथा दोस्रो हुने टोलीले ३ लाख १ हजार १ सय रुपैयाँ प्राप्त गर्नेछ । तेस्रो हुनेले टोलीले १ लाख ५१ हजार १ सय १ रुपैया तथा चौथो हुनेले ५१ हजार १ सय १ रुपैयाँ प्राप्न गर्नेछ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २१ हजार १ सय १ रुपैया प्राप्त गर्नेछन् । त्यस्तै व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, क्विकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकले जनही ७ हजार १ सय १ रुपैयाँ पाउने आयाेजकले जनाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।