बार्सिलाेनाकाे प्रशिक्षक हुन पाउनु मेराे साैभाग्य हाे : जाभी हर्नान्डेज

 पुष २७, २०७६ आइतबार १२:६:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पूर्व खेलाडी जाभी हर्नान्डेजले बार्सिलोनाको प्रशिक्षक हुन पाउनु आफ्ना लागि सपना भएको प्रतिक्रिया दिएका छन् ।

पछिल्लो समय क्लबले खराब प्रदर्शन गर्न थालेपछि अर्नेस्तो भाल्भार्डेको पद धरापमा पर्न लागेका बेला जाभी र क्लबका पदाधिकारीबीच बैठक भएको छ । जाभी बार्सिलोनाको जर्सीमा सबैभन्दा धेरै खेल खेल्ने खेलाडी हुन् । १७ वर्षे करियरमा उनले २५ वटा उपाधि जितेका थिए ।

दुई दिनअघि स्पेनिस सुपर कपको सेमिफाइनलमा एट्लेटिको मड्रिडसँग पराजित भएपछि भाल्भार्डेको चर्को विराध हुन थालेको छ भने जाभीलाई नियुक्त गर्ने चर्चा पनि चल्न थालेको छ । स्पेनिस सुपर कपमा पराजित हुनअघि बार्सिलोना ला लिगामा रेलिगेसन जोनमा संघर्ष गरिरहेको स्पान्योलसँग २–२ गोलको बराबरीमा रोकिएको थियो ।

जाभीले बार्साका स्पोर्टिङ डाइरेक्टर इरिक अबिदल र प्रमुख कार्यकारी ओस्कार ग्राउसँग भेट गरेका थिए । जाभीले बार्सिलोनाको प्रशिक्षक हुन पाउनु आफ्नो सौभाग्य हुने बताउँदै आएका छन् ।

अहिले जाभी कतारी क्लब अल सादको प्रशिक्षण सम्हालिरहेका छन् । बार्साका पदाधिकारीहरु उनलाई भेट्न कतार नै पुगेका थिए । केही दिनअघि अल सादका स्पोर्टिङ डाइरेक्टर मोहम्मद गुलामले पनि जाभी बार्सिलोना जाने कसरतमा रहेको बताएका थिए ।

‘बार्सिलोना र जाभीबीच कुरा भइरहेको छ । उनी जहाँ भए पनि हाम्रो शुभकामना छ,’ गुलामले कतारका सञ्चारमाध्यमसँग भनेका थिए । यो पटकको भेटमा उनलाई प्रशिक्षकको जिम्मेवारीको प्रस्ताव गरिएको पनि बताइएको छ । 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया