सुनकाे भाउ दुई दिनमा १८ हजार पाँच सय रुपैयाँले घट्यो
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै – इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले एस्टन भिल्लालाई ६–१ गाेल अन्तरले हराएको छ ।
सिटीको जितमा सर्जियो अग्युराेले ह्याट्रिक गरे भने रियाद मेहरेजले दुई गोल गरे । अर्को एक गोल ग्याब्रियल जेससले गरे । एस्टन भिल्लाको मैदानमा भएको खेलमा ७१ प्रतिशत बल पोसेसन जमाएको सिटीले २२ वटा प्रहार गर्दा १२ वटा टार्गेटमा हानेको थियो ।
खेलको १८औँ मिनेटमा रियाद मेहरेजले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । उनले अग्युराेकाे पासमा गोल गरेका थिए । त्यसको ६ मिनेटपछि मेहरेजले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई दुई गोलको अग्रता दिलाए ।
खेलकाे २८औँ मिनेटमा अग्युरोले केभिन डी ब्रुयनको पासमा गोल गर्दै सिटीलाई ३–० को अग्रता दिलाए । पहिलो हाफको इन्ज्युरी समयमा जेससले गोल गर्दा सिटीले ४–० को अग्रता लियो ।
खेलकाे ५७औँ र ८१औं मिनेटमा गोल गर्दै अग्युराेले प्रिमियर लिगमा १२औँ ह्याट्रिक पूरा गरे । ह्याट्रिकसँगै अग्युराे प्रिमियर लिगमा सबैभन्दा धेरै गोल गर्ने विदेशी खेलाडीसमेत बनेका छन् । उनले थिएरी हेनरीको एक सय ७६ गोलको कीर्तिमान तोडेका छन् ।
खेलको इन्ज्युरी समयमा एस्टन भिल्लाका अनवर एल घाजीले पेनाल्टीमार्फत सान्त्वना गोल गरे । जितसँगै सिटीले प्रिमियर लिगमा ४७ अङ्क बनाएको छ । एक खेल कम खेलेको शीर्ष स्थानको लिभरपुलको ६१ अङ्क छ । भिल्ला भने २१ अङ्कसहित १८औँ स्थानमा छ ।
अर्काे खेलमा वाट्फोर्डले एएफसी बर्नमाउथलाई ३–० ले हराउँदै रेलिगेसन जोनबाट माथि उठेको छ । वाट्फोर्डले २२ खेलबाट २२ अङ्क बनाएको छ भने एएफसी बर्नमाउथ २० अङ्कसहित १९औँ स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।