बिग ब्याश लिग : पर्थ स्कर्चर्सले मेलबर्न स्टार्सलाई दियाे ८७ रनकाे झिनाे लक्ष्य

 माघ १, २०७६ बुधबार १७:५३:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

बिग ब्याश लिगमा सन्दीप लामिछाने आबद्ध टिम मेलबर्न स्टार्सले पर्थ स्कर्चर्सबाट जम्मा ८७ रनको लक्ष्य पाएको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको पर्थ १३.५ ओभरमा ८६ रन बनाउँदै अल आउट भयो । पर्थविरुद्ध मेलबर्नबाट खेलिरहेका सन्दीपले उत्कृष्ट बलिङ गरे । ३ ओभर मात्रै बलिङ गरेका सन्दीपले ७ रन खर्चिएर २ विकेट हात पारे ।

व्यक्तिगत पहिलो ओभरमा ३ तथा दोस्रो ओभरमा ४ रन खर्चिएका सन्दीपले तेस्रो ओभर मेडन राख्दै २ विकेट हात पारे । लगातार २ विकेट लिएपछि पर्थ दबाबमा परेको थियो । १० रन हुँदा पहिलो विकेट गुमाएको पर्थका लागि लियम लिभिङस्टोन ४ रन बनाएर आउट भए । क्यामरुन ग्रीन पनि ४ रन बनाएर रन आउट भएपछि पर्थले ३९ रन हुँदा दोस्रो विकेट गुमाएको थियो ।

ओपनिङमा आएका जोस इंग्लिसले आक्रामक ब्याटिङ गर्दै १९ बलमा ३७ रन जोडेका बेला आउट भएपछि पर्थको टिम दबाबमा परेको थियो । टिमको स्कोर ५८ रन भएका बेला चौथो विकेटको रुपमा पर्थले कप्तान मिचेल मार्शलाई गुमायो । मार्स ७ रनमा पेभेलियन फर्किएका थिए । टिम डेभिड पनि ३ रन बनाएर आउट हुँदा पर्थले पाँचौँ विकेट खेर फाल्यो । ६८ रन हुँदा जारोन मोर्गान १ रन बनाएर आउट भए ।

टिमको स्कोर ७६ रन हुँदा क्यामरुन बेन क्रफ्ट रनआउटको स्कार भए । त्यसपछि टिमलाई सन्दीपले आठौँ र नवौँ सफलता दिलाए । टिमको १२.३ ओभरमा क्रिस जोर्डनलाई क्याच आउट गराएका सन्दीपले अर्को बलमान जेई रिचर्डसनलाई पेभेलियन पठाए । १० औँ विकेट भने पर्थले टिमको स्कोर ८६ रन हुँदा फवाद अहमदको रुपमा गुमाएको थियो ।

मेलबर्नका लागि ज्याक्सन कोलमनले ३ विकेट लिँदा सन्दीपले २ विकेट हात पारे ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया