प्रिमियर लिगमा शीर्ष स्थानको आर्सनलले चेल्सीलाई ५ गोलले हरायो
बैशाख १२, २०८१ बुधबार
काठमाण्डाै – म्यानचेस्टर युनाइटेड एफए कपकाे चाैथाे चरणमा प्रवेश गरेकाे छ । हुवान माटाको दोस्रो हाफको एकमात्र गोल निर्णायक बन्याे ।
वल्ड ट्राफोर्डमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएकाे थियो । तर खेलकाे ६७औँ मिनेटमा एन्थोनी मार्सियलले मिलाइदिएको बललाई माटाले गोलमा परिणत गरे ।
त्यसअघि उल्भ्सले गोल गरेको थियो तर गोल हुनुभन्दा अगाडि ह्याण्ड देखिएका कारण भिडियो एसिस्टेन्ट रेफ्री ( भीएआर) ले त्याे गोललाई मान्यता दिएनन् ।
प्रतिस्पर्धात्मक खेलमा म्यान्चेस्टर युनाइटेडले केही राम्रा मौका पाएको थियो । कुल ११ पटक उल्भ्सको पोस्टमा प्रहार गरेको युनाइटेडको ६ वटा प्रहार फ्रेममा लागेको थियो ।
पहिलो हाफमा पनि माटाको उत्कृष्ट प्रहार उल्भ्सका गोलकीपरले बचाएका थिए ।