दाेस्राे एकदिवसीयअघि भारतलाई झट्का, ऋषभ पन्त मैदानबाहिर

 माघ २, २०७६ बिहिबार ११:२७:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भारतीय क्रिकेट टिमलाई अस्ट्रेलियाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेट अगाडि झट्का लागेको छ ।

भारतीय टिमका विकेटकीपर ऋषभ पन्तले दाेस्राे एकदिवसीय नखेल्ने भएका हुन् । टाउकोमा चोट लागेपछि उनी दोस्रो एकदिवसीय खेलमा मैदानमा देखिने छैनन् ।  मुम्बईमा भएको पहिलो एकदिवसीयमा प्याट कुमिन्सको बाउन्सर बल ऋषभकाे टाउकोमा लागेको थियो ।

बाउन्सर बलले टाउकाेमा लागेपछि उनी दोस्रो इनिङ्समा फिल्डिङमै आएनन् । उनको ठाउँमा केएल राहुलले विकेटकीपिङ गरेका थिए । उनलाई अहिले चिकित्सकले निगरानीमा राखेकाले खेलाडी रिप्लेस गर्ने कुनै योजना नभएको भारतीय क्रिकेट कन्ट्राेल बाेर्ड (बीसीसीआई) ले जनाएको छ ।

पहिलो एकदिवसीय क्रिकेटमा अस्ट्रेलियासँग १० विकेटले पराजित भएको भारतले शुक्रबार राजकोटमा दोस्रो खेल खेल्दै छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया