वर्षाका कारण मच्छिन्द्र र शेर्पाबीचकाे खेल एन्फा कम्प्लेक्समा सारियाे

 माघ ३, २०७६ शुक्रबार १०:१८:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कतार एअरवेज शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि सातौँ चरणको खेल सुरु हुँदैछ ।

आज पहिलो दिन एउटा मात्रै खेल हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । दिउँसो ३ बजेपछि सातदाेबाटाेकाे एन्फा कम्प्लेक्समा हुने खेलमा शीर्ष स्थानकाे मच्छिन्द्र क्लब र पुछारबाट दोस्रो स्थानमा रहेको हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुँदै छ ।

यसअघि यी दुईबीचकाे खेलमा दशरथ रङ्गशालामा हुने तय भएकाे थियाे । लगातार वर्षाका कारण खेल मैदान नै सार्नु परेकाे एन्फाले जनाएकाे छ । 

मच्छिन्द्र आजको खेल जित्दै तालिकामा अग्रता बढाउने प्रयासमा हुनेछ भने शेर्पा पहिलो पटक जित निकाल्दै स्पष्ट तीन अङ्क बटुल्ने प्रयासमा हुने छ । 

मच्छिन्द्रले जारी लिगमा ४ खेलमा जित हात पार्दा २ खेलमा बराबरी गरेको छ । यसैगरी शेर्पाले ६ खेलमध्ये २ खेलमा हार र चार खेलमा बराबरी गरेकाे छ । 

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया