अष्ट्रेलियासँगको दोस्रो एक दिवसीयमा भारत ३६ रनले विजयी

 माघ ४, २०७६ शनिबार ६:४३:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अष्ट्रेलियासँगको दोश्रो एक दिवसीय क्रिकेटमा भारत ३६ रनले विजयी भएको छ । ३ सय ४१ रनको लक्ष पाएको अष्ट्रेलिया ४९ ओभर १ बलमा ३ सय ४ रनमा अलआउट भयो । योसँगै तीन खेलको श्रृंखला १–१ को बराबरीमा पुगेको छ ।

अष्ट्रेलियाका लागि स्टिभ स्मिथले ९८ र मार्नस लाबुशनले ४६ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । भारतका मोहम्मद सामीले तीन विकेट लिए ।

भारतको राजकोटमा टस हारेर ब्याटिङ गरेको भारतले ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ४० रन बनाएको थियो । भारतका शिखर धवनले ९६, लोकेश राहुलले ८० र कप्तान कोहलीले ७८ रन बनाए । अष्ट्रेलियाका एडम जाम्पाले तीन विकेट लिए ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया