आन्तरिक ऋण उठाउनको लागि राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विका...
मंसिर ११, २०८१ मंगलबार
बिग ब्याश क्रिकेट लिगमा सन्दीप लामिछानेले पर्थ स्कर्चर्सविरुद्ध चार ओभरमा २९ रन खर्चिएर एक विकेट लिएका छन् ।
टिमको सातौँ तथा ब्यक्तिगत पहिलो ओभर लिएर आएका सन्दीपले ६ रन दिएर एक विकेट लिए । पहिलो बलमा नै चौका खाएका उनले दोस्रो बलमा एक रन बाइको रुपमा दिए । तर त्यो रन उनको खातामा जोडिएन । तेस्रो बल डट फाले ।
चौथो बलमा उनले लिभिङस्टोनलाई आउट गरे । उनले कार्टराइटको हातबाट उनलाई १८ रनमा पेभेलियन फर्काएका थिए । त्यसपछि बाँकी दुई बलमा उनले एक एक रन दिए ।
दोस्रो ओभरमा उनले नौ रन दिए । टिमको नवाैँ तथा व्यक्तिगत दोस्रो ओभरमा पहिलो बल उनले डट फाले । त्यसपछि तीन बलमा एक एक रन खर्चिएका सन्दीपले चौथो बल डट फाले । पाँचौ बलमा चौका र ओभरको अन्तिम बलमा दुई रन खाए ।
तेस्रो ओभरमा उनले मात्र चार रन खर्चिए । टिमको १४ औँ तथा व्यक्तिगत तेस्रो ओभर लिएर आएका सन्दीपले पहिलो र दोस्रो बलमा एक एक रन दिएका थिए । त्यसपछि तेस्रो बलमा पनि उनले एक रन खर्चिए भने चौथो बलमा पनि एक रन दिए ।ओभरको पाँचौ बल डट फालेका उनले अन्तिम बलमा पनि डट फाले ।
त्यसपछि आफ्नो अन्तिम ओभरमा सन्दीपले १० रन दिए । टिमको १७ औँ ओभर लिएर आएका उनले पहिलो बलमा दुई रन दिए भने दोस्रो बलमा एक रन तथा तेस्रो र चौथो बलमा एक एक रन दिए । त्यसपछि उनले पाँचौ बलमा एक रन दिए भने अन्तिम बलमा चौका खान पुगे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।