एट्लेटिको मड्रिड स्पेनिस 'कोपा डेल रे' प्रतियाेगिताबाट बाहिरियाे, तेस्राे श्रेणीकाे क्लबसँग स्तब्ध

 माघ १०, २०७६ शुक्रबार ७:४८:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै– एट्लेटिको मड्रिड स्पेनिस 'कोपा डेल रे' प्रतियाेगिताबाट बाहिरिएको छ । अन्तिम ३२ चरणको खेलमा एट्लेटिको तेस्रो डिभिजनको कल्चरल लियोनेसासँग दुई–एक गाेलले पराजित भयो ।

लियोनेसाको मैदानमा भएको खेलमा एट्लेटिकोले खेलमा एक गोलको अग्रता समेत लिएको थियो । तर अतिरिक्त समयमा लियोनिसा बलियो देखियो । सर्जियो बेनिटोको गोल निर्णायक बन्दा लियोनेसा अन्तिम १६ मा स्थान बनाउन सफल भयो ।

लियोनेसाका गोलकीपर लुकास जिफर्डले उत्कृष्ट प्रदर्शन गरेका थिए । खेलको ६२औँ मिनेटमा एंगल कोरियाले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । ८३औं मिनेटमा लियाेनेसाका जुलेन कास्टानेडाले गोल गर्दै खेल बराबरीमा पुर्‍याए ।

निर्धारित समय एक–एक गोलको बराबरीमा सकिएपछि आधा घण्टाको अतिरिक्त समय थप गरिएको थियो । १०८औँ मिनेटमा सर्जियो बेनिटोले उत्कृष्ट भलिमार्फत गोल गरेपछि एट्लेटिको स्तब्ध बन्यो । 

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया