भारतको लगातार दोस्रो जित, न्युजिल्याण्ड सात विकेटले पराजित

 माघ १३, २०७६ सोमबार ७:४:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – न्युजिल्याण्ड भ्रमणमा रहेको भारतले दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सात विकेटको जित निकालेको छ । 

टस जितेर पहिले ब्याटिङ रोजेको न्युजिल्याण्डले निर्धारित ओभरमा पाँच विकेट गुमाउँदै १ सय ३२ रनको सामान्य योगफल बनायो । 

न्युजिल्याण्डका लागि मार्टिन गप्टिल र टिम सेइफर्टले समान ३३ रन बनाए । त्यस्तै कलिन मुनरोले २६ रन जोडे । 

बलिङतर्फ भारतका लागि रविन्द्र जडेजाले चार ओभरमा जम्मा १८ रन दिँदै दुई विकेट लिए । त्यस्तै शार्दूल ठाकुर, जसप्रीत बमराह र शिवम दुबेले एक–एक विकेट हात पारे ।

एक सय ३३ रनको लक्ष्य पछ्याएर मैदानमा छिरेको भारतले १७ दशमलव ३ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्‍याे ।

भारतका लागि लोकेश राहुलले अविजित ५७ रनको योगदान गरे । त्यस्तै मध्यक्रमका ब्याट्सम्यान श्रेयस अय्यरले ४४ रन बनाए । 

बलिङतर्फ न्युजिल्याण्डका लागि टिम साउथीले दुई विकेट लिँदा इश सोधीले एक विकेट हात पारे । 

पाँच खेलको टी–२० सिरिजमा भारत दुई–शून्यले अघि छ । यसअघिको खेलमा भारत ६ विकेटले विजयी भएको थियो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया