आस्था राउतलाई जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराइँदै

 माघ १३, २०७६ सोमबार १०:५४:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गायिका आस्था राउत प्रहरी कार्यालयमा उपस्थित भएकी छिन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोग लागेकी आस्था नातेदारसहित टेकुमा रहेको महानगरीय प्रहरी परिसरमा उपस्थित भएकी परिसरका प्रहरी नायब उपरीक्षक (डीएसपी) होविन्द्र बोगटीले जानकारी दिनुभयो ।

आस्थालाई जिल्ला प्रशासनमा उपस्थित गराउने तयारी भइरहेको प्रहरीले जनाएकाे छ । विमानस्थलमा महिला प्रहरीसँग भनाभन गरेको भिडियोसमेत सार्वजनिक भएपछि प्रहरीले आस्थामाथि दुर्व्यवहारको मुद्दा दायर गरेको हो ।

जिल्ला प्रशासन कार्यालयले अनुमति दिएपछि प्रहरीले गएकाे माघ ५ गते आस्थाका नाममा पक्राउ पुर्जी जारी गरेको थियो ।  

अन्तिम अपडेट: फागुन ३०, २०८०

1 Comments

  • Indra

    Jan. 27, 2020, 11:17 a.m.

    पिउसाे भनेर हेपियो नि के गने तेही पिउसो आफूभनदा वलवान रहेछिन, होसै भएन त के गने ? हैट पिउसोले कयारियर मै लगायो दाग....

  •  0 Reply

तपाईको प्रतिक्रिया